सुडानमा विद्रोही समूहले गरेको आक्रमणमा चार सयभन्दा बढी सर्वसाधरण मारिए

काठमाडौं, २ वैशाख । सुडानमा विद्रोही समूहले गरेको आक्रमणमा चार सयभन्दा बढी सर्वसाधरण मानिस मारिएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार सुडानको उत्तर डारफोर क्षेत्रमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) द्वारा हालै गरिएका आक्रमणमा चार सयभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।
गत हप्ता, आरएसएफले सुडानी सेनाले नियन्त्रणमा रहेको दारफुरको अन्तिम राज्य राजधानी (एल–फासर सहर) कब्जा गर्ने प्रयासमा सहर वरिपरी भोकमरीको चपेटामा परेर विस्थापित शरणार्थी शिविरहरूमा जमिन र हवाई आक्रमण गरेको थियो ।
सुडानकोसेना र आरएसएफबीच अप्रिल २०२३ देखि नै शक्ति संघर्ष चल्दै आएको छ । यसले विश्वकै सबैभन्दा ठूलो मानवीय संकट सिर्जना गर्दै लाखौंलाई घर छोड्न बाध्य बनाएको बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु प्रमाणित गरेको । मृतकको संख्या अझै धेरै हुनसक्ने राष्ट्रसंघले बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया