Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक, एमालेसँगको सत्ता सहकार्यबारे छलफल हुने


काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । वैशाख १७ गते दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेगरी सभापतिले बैठक डाकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका आह्वान गरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधि र एमालेसँगको सत्ता सहकार्यबारे बैठकमा छलफल हुने जनाइएको छ ।

पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको काम कारवाहीलाई लिएर कांग्रेसभित्र आक्रोश चुलिएको छ । शुरुबाटै आलोचक रहेका शेखर कोइरालामात्र होइन, सरकारलाई सफल बनाउन भन्दै विभिन्न कार्यदलमा रहेर काम गरिरहेका महामन्त्री गगन थापासमेत असन्तुष्ट देखिएका छन् ।

यसबीच आज दिउँसो देउवाले बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । एकातिर प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेको अवस्था, अर्कोतिर सरकारको पर्फमेन्सलाई लिएर गगन थापाहरुको असन्तुष्टि बढिरहेका बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट