Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

अमेरिकाले चिनियाँ सामानहरुमा भन्सार शुल्क बढाएर २५० प्रतिशत पुर्यायो


काठमाडौं । अमेरिकाले चिनियाँ सामानहरुमा भन्सार शुल्क बढाएर २५० प्रतिशत पुर्याएको छ । ह्वाइट हाउसले जारी गरेको तथ्यपत्र (फ्याक्ट सीट) अनुसार चीनको प्रतिशोधात्मक शुल्कका कारण अमेरिकामा आयात हुने चिनियाँ सामानमा २४५ प्रतिशतसम्मको भन्सार शुल्क लगाइएको छ । पछिल्लो संशोधन अघि, अमेरिकामा हुने चिनियाँ निर्यातमा १४५ प्रतिशत भन्सार शुल्क लगाइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार घाटा भएका दर्जनौं देशहरुमा पारस्परिक भन्सार शुल्क घोषणा गरेका थिए । पछि, धेरै देशहरुले व्यापार सम्झौताको लागि अमेरिकी प्रशासनसँग वार्ता सुरु गरेपछि राष्ट्रपति ट्रम्पले ९० दिनको लागि भन्सार शुल्क रोक्ने निर्णय गरेपनि चीनमाथि भने भन्सार शुल्क बढाएका थिए ।

नयाँ व्यापार सम्झौताहरुमा छलफल गर्न ७५ भन्दा बढी देशहरुले पहिले नै सम्पर्क गरिसकेको ह्वाइट हाउसको तथ्यपत्रमा भनिएको छ । परिणामस्वरुप, यी छलफलहरुको बीच उच्च शुल्कहरु चीन बाहेक अन्य देशहरुका लागि हाल रोकिएको छ । चीनले भने प्रतिशोध लिएका कारण शुल्क बढाइएको तथ्यपत्रमा उल्लेख छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट