भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

तनहुँ । तनहुँमा भ्यानले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालकको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक किशोर घाइते रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका बुधबार दिउँसो आबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ४ च ८३९० नम्बरको भ्यानले विपरीत दिशाबाट आइरहेको ग १६ प १५७० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनामा सोही गाउँपालिका–३ बस्ने स्कुटर चालक १९ वर्षीय रुपेश गुरुङ र पछाडि सवार १९ वर्षीय रोहन मगर घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चालक रुपेशलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरी नायब निरीक्षक अशोक थापाले भ्यानका चालक चितवनको राप्ती नगरपालिका–२७ बस्ने २६ वर्षीय प्रवीण क्षेत्रीलाई भ्यानसहित इलाका प्रहरी कार्यालय आबुखैरेनीमा नियन्त्रणमा रहेको जानकारी दिए । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको थापाको भनाई छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया