Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

१६ दिनदेखि शिक्षकहरु सडकमा, ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान


काठमाडौँ, ४ वैशाख । विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ ।

नेपाल शिक्षक संघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै निरन्तरता दिइएको हो ।

शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन् । सधैँझैँ आज पनि माइतीघरमा भेला भएर शिक्षकहरूले सडकमार्फत सरकारलाई दबाब दिएका छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट