Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन


काठमाडौं । प्यालेस्टाइनका नागरिकमाथि इजरायलले आक्रमण गरेको विरूद्द नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) विरोध प्रदर्शन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय समितिले त्रिवि परिसरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘प्यालेस्टाइन नरसंहार बन्द गर’, ‘प्यालेस्टाइनमा इजरायली नरसंहार बन्द गर’, ‘प्यालेस्टाइनका विद्यार्थीको पढ्ने अधिकार सुनिश्चित गर’,‘फासिस्ट बेन्जामिन नेतान्याहु मुर्दाबाद’, विपिन जोशीलाई रिहा गर जस्ता नारा लेखिएका प्लेकार्डसहित सडकमा उत्रेका थिए ।

प्रदर्शनमार्फत आयोजकहरूले अन्तर्राष्ट्रिय समुदायको मौनतालाई समेत आलोचना गर्दै प्यालेस्टाइनमा जारी युद्ध अपराध रोक्न नेपाल सरकारले पनि स्पष्ट र दृढ धारणा लिनुपर्ने माग गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव हरि विष्टले इजरायले ६१ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको हत्या गरेको र त्यसमा १३ हजार भन्दा बढी विद्यार्थी मारिएको भन्दै इजरायलले मानवता विरुद्धको अपराध गरेको बताए ।

उनले इजरायली प्रधानमन्त्री बेज्यामिन न्यातान्याहुलाई नरभक्षिको संज्ञा दिँदै अमेरिकी कठपुतली भएको पनि आरोप लगाए ।

अखिल (क्रान्तिकारी)का नेता र सहभागीहरूले इजरायली आक्रमण र नरसंहारको विरोध गर्दै, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टाइनका नागरिकहरूको पक्षमा आवाज उठाउन आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट