मकवानपुरगढीमा गाडी दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरु १३ जना घाइते भएका हुन् ।
गएराति मकवानपुरगढी गाउँपालिका वडा नम्बर –२ धरमपानीको कान्तिलोक पथ सडक खण्डमा बा प्र ०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा रौतहटकी ५० वर्षीया निलमदेवी राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया