Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौं, ५ वैशाख । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य सामान्य घटेको छ।

बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको थियो। बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट