शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली प्रहार

कपिलवस्तु, ५ वौख । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली प्रहार भएको छ । गएराति पौने १२ बजेको समयमा उनलाई निवासभित्रै गोली हानिएको बताइएको छ ।
स्थानीय पकडीस्थित निवासमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीले सुत्नुअघि शौचालय गएर फर्कने क्रममा गोली हानिएको बताएका छन् ।
उनलाई केही परबाट गोली हान्नेहरु भागेका छन् । प्रहरीका अनुसार गोली प्रहारमा संलग्नहरुको खोजी जारी राखिएको छ भने चौधरीलाई कुनै चोट लागेको छैन ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया