Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

भारतीय पर्यटक चढेको बस दाङमा दुर्घटना, २१ जना घाइते


दाङ, ५ वैशाख । भारतीय पर्यटक चढेको बस दाङमा दुर्घटना भएको छ। दुर्घटनामा २१ जना घाइते भएको दाङ प्रहरीले जानकारी दिएको छ। घाइते हुन‍ेहरू सबै पुरूष हुन्। भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको भारतीय गाडी शुक्रबार गढवा कोइलाबास सडकखण्डको चिसापानीमा दुर्घटना भएको हो।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट