तीनकुनेको प्रदर्शन अराजक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ परेका धवलशमशेर जबरा छुट्दै

काठमाडौं, ५ वैशाख । तीनकुनेको प्रदर्शन अराजक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर जबरा छुट्ने भएका छन् ।
उनी उपचारका प्रयोजनका लागि थुनाबाहिर बस्नेगरी छुट्न लागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । स्रोतले भन्यो,‘‘राणा क्यान्सरका बिरामी पनि हुन् । सोही कारण उपचारका लागि उनलाई छाड्ने सुविधा दिन लागेको हो । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्नेछ ।’’
गएको चैत १५ गते राजतन्त्र पुनस्र्थापना गर्ने भन्दै तीनकुनेमा आयोजना गरिएको प्रदर्शन अराजक बन्दा दुईजनाको ज्यान नै गएको थियो । पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवालशमेशर जवरालाई सोही दिन पक्राउ गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया