Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

बारामा टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु


जनकपुरधाम । बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैया जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ स्थित भूइँपुल नजिक दिउँसो ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।

बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार दुर्घटनामा चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा– १५ का नारायणहरी शर्माको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारको लागि प्रसुति अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पण्डितले बताए । दुर्घटना पश्चात् टिपट चालक फरार भएका छन्। उनको खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए।


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट