Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

आईपीएल क्रिकेटमा गुजरात र लखनउको जीत


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएका खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई सात विकेटले हरायो ।

दिल्ली क्यापिटल्सले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो । त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको दिल्लीले आठ विकेट गुमाएर दुई सय तीन रन बनायो । गुजरात सात खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा दिल्ली १० अङ्कसहित दोश्रो स्थानमा छ ।

यस्तै हिजै भएको अर्को खेलमा लखनउ जसुपर जायन्टस्ले राजस्थान रोयल्सलाई दुई रनले हराएको छ । लखनउले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७८ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको लखनउले पाँच विकेट गुमाएर एक सय ८० रन बनायो । लखनउ आठ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । समान खेलमा राजस्थान चार अङ्कसहित आठौं स्थानमा छ । आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्ग्लुरु तथा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुँदैछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट