गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनू …

काठमाडौं । तराई मधेशमा गर्मी बढेको छ । केही दिन बदली र वर्षा भएर मौसम खुलेसँगै आज तापक्रम उच्च हुँदा गर्मी धैरै बढेको हो । काठमाडौं उपत्यकासहित मध्य पहाडका क्षेत्रमा पनि गर्मी बढेको छ ।
मौसम पूर्वानुमान महाशखाको तथ्याङ्कानुसार दिउँसो डोटीको दिपायललगायतका ठाउँको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस नाघेको छ । तराई मधेशका जिल्लाको सबैजसो ठाउँको तापक्रम ३५ डिग्री सेल्सियस वा त्यसको आसपासमा पुगेको छ । आज काठमाडौंमा पनि अधिकतम तापक्रम २८ डिग्री सेल्सियस आसपास पुगेको छ ।
यसैबीच भोलिदेखि घाम अझै तातेर गर्मी बढ्ने सम्भावना रहेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताए । उनका अनुसार भोलि तराई मधेशका कतिपय जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेर तातो हावा बहन सुरू गर्ने सम्भावना छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया