रुपन्देहीको दानव नदीमा नुहाउन गएका एकै गाउँका तीन जना बालक डुबेर बेपत्ता

भैरहवा, ८ वैशाख । रुपन्देहीको दानव नदीमा नुहाउन गएका एकै गाउँका तीन जना बालक डुबेर बेपत्ता भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका २ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरूको सहयोगमा बेपत्ता बालकहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया