Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली


काठमाडौं । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।

उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।

‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसी बताए , ‘गोली लागेर उनको मृत्यु भएको छ ।’

आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । उनले किन आफैंमाथि गोली चलाए भन्ने खुलेको छैन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट