Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

देशभर गर्मी बढ्दो, तराईमा अधिकतक तापक्रम ४० डिग्रीसम्म


काठमाडौं । पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । विशेषगरी तराईरमधेशका जिल्लाहरुमा गर्मी धेरै छ ।

पश्चिम तराईको धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार आज त्यहाँको तापक्रम ४० डिग्रिसम्म पुग्ने अनुमान छ ।

यस्तै दिपायल, नेपालगञ्ज, भैरहवालगायतका ठाउँमा पनि तापक्रम बढेर ३८ डिग्री नाघेको छ । जनकपुरमा ३५ डिग्री नाघेको छ ।

तापक्रम बढ्दै गएकाले तराई मधेशमा केही दिनमा तातो हावासमेत चल्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।

बढ्दो गर्मीले जनजीवन प्रभावितसमेत भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा पनि गर्मी अत्यधिक महसूस हुन थालेको छ ।

हिजो काठमाण्डौको तापक्रम ३१ डिग्री पुगेकामा आज अधिकतम तापक्रम ३० देखि ३२ डिग्रीसम्म पुग्ने अनुमान छ ।

मौसमविद् मानन्धरले देशभर अझै तापक्रम बढ्दै जाने बताउनुभयो । उहाँका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर थोरै ठाउँहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान छ ।

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट