कक्षा १२ को परीक्षा नसर्ने

काठमाडौं, ९ वैशाख । यही वैशाख ११ गतेदेखि हुने कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।
“परीक्षा नसर्ने, परीक्षा नियमित हुने, नेपाल सरकारले सहयोग गर्ने निर्णय भयो,” परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको छ । शिक्षक महासंघले भने कक्षा–१२ को परीक्षाका कुनै पनि कार्यक्रममा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया