Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो रुपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव


रुपन्देही, ९ वैशाख । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीबाट प्रहरीले दुई बालकको शव निकालेको छ ।

पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएकामध्ये दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।

१३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजनको शव फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट