Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

ट्राइयाथलनको लेभल वान कोर्स पोखरामा हुने


काठमाडौं, ९ वैशाख । नेपाल ट्राइयाथलन संघको आयोजना तथा बिश्व ट्रायथलन महासंघको सहयोगमा लेभल वान कोर्स पोखरामा हुने भएको छ ।

यहि वैशाख १३ र १४ गते पोखरामा आयोजना हुने एशिया ट्रायथलन कप २०२५ का दौरान हुने लेभल वान कोर्समा भारतका एक, पोखराका १३ र काठमाण्डौ लगायतका ११ गरि कुल २५ निर्णायकहरुले कोर्समा सहभागिता जनाउने छन् ।

कोर्समा सहभागी निर्णायकहरुलाई बिश्व महासंगकी बिज्ञ मेलोडी टानले प्रशिक्षण प्रदान गर्ने छिन् । स्थानियलाई प्राथमिकतामा राखेर यस पटक कोर्स पोखरामा संचालन गर्न लागिएको हो । कोर्सले थप दक्ष निर्णायक उत्पादन हुने र स्थानिय तहमा उत्पादन हुने निर्णायकका कारण स्थानिय तहमा प्रतियोगिता संचालन गर्नमा सहज हुने महासचिव युवराज सुनुवारले बताए ।

नेपालले यस अघि पनि लेभल वान कोर्ष संचालन गरिसकोको छ । हाल सम्म नेपालमा २१ प्रशिक्षित निर्णायकहरु रहेका छन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट