Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

शिक्षा मन्त्रीको राजीनामा र देउवाको थाइलैण्ड भ्रमणबारे प्रधानमन्त्री केपी ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण राजीनामा दिएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले विद्या भट्टराईलाई आफूले मन्त्री बनाएको भन्दै अहिले पनि सिकाइरहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मन्त्रीको राजीनामालाई लिएर प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

‘एकजना मन्त्रीले राजीनामा दिनुभयो। किन भन्दा प्रधानमन्त्रीले काम गर्न दिनुभएन रे, उहाँले घाँटीको अपरेशन गर्नुभयो। ठिक भएन सक्नुभएन राजीनामा दिनुभयो। सबैको हेडलाइन मेराविरुद्ध छ ।’ प्रधानमन्त्रीले पत्रकारहरुप्रति पनि आक्रोसित हुन्दै ‘सबैले एकठाउँमा बसेर सल्लाह गरेर लेखेजस्तो ! प्रस्ताव पारित नै गरेर टेलिफोन गरेर योजनावद्ध भएर लेखेका छन्।’ उनले भने ।
भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन्।

‘उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु’ उनले भने, ‘ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्याए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट