शिक्षामन्त्रीको राजीनामाबारे ओली : उहाँ मैले बनाएको मन्त्री हो, स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएको प्रति उनले असन्तुष्टि जनाएका हुन्।
उनले भने, ‘उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गरे।
एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्याएका छन्।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया