आईपीएल क्रिकेटमा दिल्लीले लखनउलाई ८ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराएको छ ।
जीतका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै भेट्टायो । उसका अभिषेक पोरेलले ५१, के एल राहुलले अविजित ५७ र कप्तान अक्षर पटेलले ३४ रन बनाए ।
लखनउका एडन मारक्रमले दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५९ रन बनायो ।
उसका एडन मारक्रम र मिचेल मार्सले ८७ रनको साझेदारी गरे । मारक्रम ५२ रनमा र मिचेल मार्स ४५ रनमा आउट भए ।
दिल्लीका मुकेश कुमारले सर्वाधिक ४ विकेट लिए । दिल्ली छैटौं जीतका साथ १२ अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा छ ।
शीर्षस्थानमा रहेको गुजरात टाइटन्सको पनि १२ अङ्क नै छ । लखनउ १० अङ्कसहित पाँचौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच खेल हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुनेछ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया