Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

सङ्खुवासभाको भोटखोला सडक खण्ड पहिरोले अवरुद्ध


खाँदबारी (सङ्खुवासभा), १० वैशाख । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ । रासस


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट