Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख


काठमाडौं, १० वेशाख । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, छलफल बजेट अधिवेशनको तयारी, कार्यतालिकालगायत विषयमा केन्द्रित रहनेछ ।

संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदै छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट