Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

एनएसएल फुटबल : उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने भएका छन् ।

हिजो भएको खेलमा स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा पुग्यो । पोखरा पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो ।

लगातार दुई पटक फाइनल खेलको धनगढी यसपटक प्लेअफबाट नै बाहिरियो । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग पराजित भएको थियो ।

पोखरा थन्डर्सले एलिमिनेटरमा चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको थियो । फाइनल खेल पर्सि शनिवार हुनेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट