Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

नौ महिनामा युएईमा २२६ नेपालीको ज्यान गयो


काठमाडौं, ११ वैशख । बितेको नौ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाउने नेपालीको संख्या २२६ पुगेको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिना (०८१ साउनदेखि चैत मसान्तसम्म) मा उनीहरूको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ को साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ ।

पछिल्लो नौ महिनामा यूएईमा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष यूएईमा प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट