आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता

काठमाडौँ, ११ वैशाख । निजी मेडिकल कलेजको स्नातक (पीजीमा) का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्री प्रदिप पौडेलबिच वार्ता सुरु भएको हो ।
नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।
२९ औँ दिनसम्म पनि आवासीय चिकित्सक सडकमा उत्रिदासम्म राज्यबाट कुनै सुनुवाइ नभएपछि नेपाल चिकित्सक संघले बिहीबार देशभरका सम्पूर्ण चिकित्सकले स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम तय भएको थियो ।
सोही कार्यक्रम अनुसार चिकित्सक माइतीघरमा भेला भएर नारा लगाउँदै स्वास्थ्य मन्त्रालय घेराउ गर्न अगाडि बढ्ने क्रममा प्रहरीले आन्दोलनरत चिकित्सकलाई अघि बढ्नबाट रोक लगाएको थियो ।
आन्दोलनरत चिकित्सकका केही प्रतिनिधिहरू हाल स्वास्थ्य मन्त्रालयमा वार्ताका लागि गएका हुन् ।
यदि २४ घण्टाभित्र आवासीय चिकित्सक माग सम्बोधन नभएर शुक्रबार आकस्मिक बाहेकका सेवा रोक्न बाध्य हुने संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले चेतावनी दिएका छन् ।
चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले आठौँ तहसहर भत्ता दिन नसक्ने बताउँदै आएका छन् ।
यो समस्या समाधान गर्न आयोगलेको १८ औँ बैठकले शिक्षा सचिव दिपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले वैशाख १५ गते अधिकतम सिट सङ्ख्या र शुल्क कतिसम्म पुर्याउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी बुझाउनु पर्ने छ ।
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया