Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने


काठमाडौँ, ११ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेका हुन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट