Techie IT
Samayabaddha
बिहीबार, ११ वैशाख, २०८२

क्रिकेटर सिद्धान्त लोहनीलाई क्यानले पाँच लाख रुपैयाँ उपचार खर्च दिने


काठमाडौं, ११ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले भारतमा उपचाररत क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख आर्थिक सहयोग दिने भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार लोहनीलाई उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय क्यानले गरेको हो । लोहनीले भारतमा गएर घुँडाको शल्यक्रिया गरेका थिए। उनी दुई वर्षअघि जनकपुरमा भएको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगितामा घाइते भएका थिए।

उपचारका लागि आर्थिक अभाव झेलिरहेका लोहीलाई क्यानले कुनै वास्ता नगरेको भन्दै आलोचना भएको थियो।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट