Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्न रुस तयार


युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्नका लागि तयार भएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताएका बीबीसीले जनाएको छ ।

यद्यपि विदेशमन्त्री लाभरोभले केही तत्त्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको पनि स्पष्ट पारेका छन् । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजसँग कुरा गर्दै उनले अमेरिकाका राष्ट्रपतिले विश्वास गरेका र आफूहरू सही दिशामा अघि बढिरहेको बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति पुटिनलाई भेटेर उनीसँग वार्ता गर्नसक्ने खबरमा उल्लेख छ ।

यहीबीचमा युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्स्कोले रुससँगको कुनै पनि शान्ति सम्झौताको भागका रूपमा देशले आफ्नो भू–भाग त्याग्नुपर्ने हुनसक्ने सुझाव दिएका छन् । आफ्नो भू–भाग त्याग्नु उचित नभएको तर शान्तिका लागि सायद यो समाधान हुनसक्ने उनको भनाइ छ । किभका मेयर र जेलेन्स्की एकअर्काका राजनीतिक विरोधी हुन् ।

यस्तै मस्कोमा कार बम आक्रमणमा एक वरिष्ठ रुसी जनरलको ज्यान गएको रुसी अधिकारीहरूले पुष्टि गरेका छन् । यसैगरी युक्रेनमा पछिल्लो रुसी ड्रोन आक्रमणमा तीन जनाको ज्यान गएको छ


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट