गुल्मीमा एकैपटक ४०० कुकुरको बन्ध्याकरण गरिने

गुल्मी । गुल्मीमा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । छाडा छोडिएका र घरपालुवा ४०० कुकुरको बन्ध्याकरण गर्न लागिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रेबिज हुनबाट रोक्न यो उपाय अपनाइएको हो ।
कुकुरको संख्या धेरै भएकोले सार्वजनिक ठाउँमा मानिस र अन्य जीव जन्तुलाई टोकेर रेबिज सार्ने भएकोले संख्या वृद्धि हुनबाटै रोक्न लागिएको हो । गुल्मीका सरोकारवालाका अनुसार पछिल्लो समय कुकुरले टोक्ने क्रम बढेको छ ।
रेसुङ्गा नगरपालिका, छत्रकोट, धुर्कोट र मदाने गाउँपालिकामा रहेका छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया