Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई पालिकाको निर्देशन


तम्घास, १३ वैशाख । गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गतेबाट विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन दिएको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै विद्यालय सञ्चालन नगरे राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाई जानका लागि निर्देशन दिएका हुन् ।

शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रमा भर्ना अभियानमा असर पर्नुका साथै नियमित पठनपाठन गराउने कार्यमा सहयोग गर्न उनले आग्रहसमेत गरेका छन् । केही दिन पहिले पनि थापाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण ग्रामीणस्तरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या न्यून हुने र शिक्षकहरूको आन्दोलनका कारण निजीमा जाने भएकाले विद्यालय बन्द हुने अवस्था आउने बताएका थिए ।

गाउँपालिका भित्र सामुदायिक र संस्थागत गरी ४५ विद्यालय रहेका छन् भने करिब तीन हजार विद्यार्थी सङ्ख्या रहेको शिक्षा शाखाले जनाएको छ ।


क्याटेगोरी : पालिका

प्रतिक्रिया


ताजा अपडेट