Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

आन्दोलनमा घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने


काठमाडौं । काठमाडौं मेडिकल कलेजले शिक्षक आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ ।

अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क रूपमा उपचार गर्ने बताएका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

शिक्षक आन्दोलनको क्रममा आज २६ औँ दिनमा प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६३ जना शिक्षक तथा कर्मचारीहरू घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गम्भीर चोट लागेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट