माइतीघरमा सहकारी पीडितले निकाले अर्धनग्न जुलुस

काठमाडौं, १५ वैशाख । काठमाडौंको माइतीघरमा सहकारी पीडितले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । लामो समयदेखि सहकारीका समस्या समाधान नभएको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अर्धनग्न प्रदर्शन गरेका हुन् ।
उनीहरुले नकाब लगाएर प्रदर्शन गरेका थिए । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् ।
क्याटेगोरी : अर्थ, जनमञ्च, समाचार
प्रतिक्रिया