Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

नेप्से परिसूचक १४.५३ अंकले घटेर बन्द


काठमाडौ, १५ वैशाख । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १४.५३ अंकले घटेर बन्द छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार, आज परिसूचक ०।५४ प्रतिशतले घटेर २,६४७.०७ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम पनि घटेको छ । नेप्सेका अनुसार, आठ अर्ब ९१ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १० अर्ब ८७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १६७ कम्पनीको सेयरमूल्य घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने ८.४५ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये फाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट