Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

स्पेन र पोर्चुगलको विद्युत आपूर्तिमा ठूलो अवरोध हुँदा विमानस्थलहरु बन्द, जनजीवन अस्तव्यस्त


काठमाडौं । स्पेन र पोर्चुगलको विद्युत आपूर्तिमा ठूलो अवरोध हुँदा जनजीवन अस्तव्यवस्त बनेको छ । सोमबार विद्युत आपूर्ति ठप्प हुँदा विमानस्थलहरु बन्द भएका छन् । यस्तै, ट्राफिक लाइटहरुले काम गरिरहेका छैनन् भने फोन लाइनहरु र रेल सेवाहरु पनि बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यता, म्याड्रिड ओपन टेनिस प्रतियोगितामा विद्युत अभावले स्कोरबोर्ड र क्यामेराहरु बन्द भएपछि खेल रोकिएको छ । स्पेनको विद्युत ग्रिड अपरेटर, रेड इलेक्ट्रिकाले बिजुली अवरुद्ध भएको पुष्टि गर्दै समस्या समाधान गर्न सबै स्रोतहरु परिचालन गरिरहेको एक्समार्फत जानकारी गराएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट