वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सञ्चार मन्त्री गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्ने छन् ।
मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनले बताए ।
शिक्षक आन्दोलनको बारेमा कुनै निर्णय नभएको समेत उनले बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया