दक्षिण कोरिया पठाइदिन्छु भन्दै साढे तीन लाख ठगी गर्ने मोरङ कानेपोखरीकी मुना कार्की पक्राउ

काठमाडौं, १६ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका २ घर भएकी मुना कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया