Techie IT
Samayabaddha
मंगलबार, १६ वैशाख, २०८२

वार्तासँगै शिक्षकहरुको सडक आन्दोलन २८औँ दिन पनि निरन्तर


काठमाडौं, १६ वैशाख । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ। सरकारसँग वार्ता सँगसँगै विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले २८ औं दिनपनि आन्दोलनलाई निरन्तरता दिएका हुन्।

सरकार र आन्दोलनरत शिक्षकहरुबीच मंगलबार पनि वार्ताको तयारी भएको छ। शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सहमतिको ड्राफ्ट तयार भएको छ। त्यसलाई आन्तरिक छलफल गरेपश्चात टुंगोमा पुर्‍याइनेछ। निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको ७ बुँदालाई टेकेर सरकार र शिक्षकबीच सहमति गर्ने तयारी छ।

संसदीय समितिमा लगातार छलफल चलिरहेकाले शिक्षा ऐन आउन अझै समयमा लाग्ने भएपछि मिति तोकेर भएपनि सहमति गर्नुपर्ने पक्षमा महासंघका केही पदाधिकारी लागिपरेका छन्। शिक्षा ऐन जारी नभए आन्दोलन नरोकिने बताउँदै आएपनि मंगलबार सहमति भए बुधबारबाट आन्दोलनको मोडालिटी फेरिने महासंघको भनाई छ।

शिक्षक आन्दोलनका अनुत्तरित प्रश्न र नखुलेका रहस्य

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक, सहमतिको ड्राफ्ट तयार


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट