Techie IT
Samayabaddha
मंगलबार, १६ वैशाख, २०८२

हराएको आठ दिनपछि नौ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला


नेपालगन्ज, १६ वैशाख । हराएको आठ दिनपछि नौ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बुवा र आमासँग बस्दै आएका नौ वर्षीय कुशल बुढाको शव बाँकेको बैजनाथ गाउँपालिका ४ नौलापुरमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कुशल यही वैशाख ८ गते घरबाट हराएको भनि प्रहरीलाई जानकारी गराइएको थियो ।

गाई भैंसी चराउन गएका स्थानीयले सडेको दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गाडिएको अवस्थामा बालकको शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख रेशम पौडेलले बताए ।

उनले बालकको शव गाडिएको अवस्थामा फेला परेकाले हत्या गरेर गाडिएको हुनसक्ने आशङ्का गरिएकाले अनुसन्धान तथा सोधपुछ गर्ने कार्य भइरहेको बताए ।

प्रहरीका अनुसार मृतक बालकका पहिलो बुवा सानो उमेरमा मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरकनाथ योगीसँग दोस्रो विवाह गरेकाले ती बालक उनिहरूसँगै कोहलपुरमा बस्दै आएका थिए । उनि कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत रहेका थिए ।

प्रहरीले घटनाका सम्बन्धमा मृत भेटिएका बालकका आमा र दोस्रो बुवा तथा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूसँग समेत सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख पौडेलले बताए ।

उनले बालकको मृत्युको घटनाबारे अनुसन्धान तीव्र गतिमा भइरहेको हुँदा छिट्टै सत्यतथ्य जानकारी बाहिर ल्याइने पनि बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट