Techie IT
Samayabaddha
मंगलबार, १६ वैशाख, २०८२

सरकार जिम्मेवार बन


सम्पादकीय

शिक्षक तथा विद्यालय कर्मचारीहरु करिव एक महिनादेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन्, सहकारी पिडितहरु सडकमै छन् तर पनि सरकार उनीहरुका आवाज सुनिरहेको छैन । शिक्षकका जागज माग पूरा गर्नुको सट्टा सरकार उनीहरुमाथि दमन र प्रतिशोध साँध्न लागिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भने सुशासन, रोजगारी सिर्जना, बेथिती रोक्न नसकेको तर समस्या बल्झाउनेतर्फ मात्र रहेको प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रले आरोप लगाउँदै आएको छ । समस्या बल्झाउने, झन् समस्या थोपर्नेतिर र जनतालाई सताउनेतिर मात्रै सरकार अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु निकै तुच्छ र गैरजिम्मेवार किसिमबाट आउने गरेका छन् । सरकार नंै जनताको अभिभावक भएकाले जनताका जायज माग तत्काल सम्बोधन गर्नुपर्छ । शिक्षा विद्येयकको माग गर्ने शिक्षकको टाउको फुटाएर, दमन गरेर समस्या समाधान हुँदैन । यसले सामाजिक तथा राजनीतिक क्षेत्रमा नराम्रो असर पार्न सक्छ । सरकारले तत्काल सहमति गरेर शिक्षकहरुलाई विद्यालय फर्काउन ढिला गर्नु हुँदैन ।

अहिलेको सरकारको रवैया सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाको सरकार जस्तै देखिएको छ । शिक्षकहरुलाई किन आन्दोलन नगरेको भनेर उकास्ने व्यक्ति नै अहिले प्रधानमन्त्रीको कुर्सीमा छन् । सत्तामा हुँदा एउटा र सत्ता बाहिर रहँदा अर्कोे कुरा गरेर देश चल्दैन, सुशास कायम हुन सक्दैन । यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने बेला अहिले आएको छ ।

सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गर्न सकेको छैन । सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको हो भन्ने पुष्टि हुँदैछ । सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका गगन थापाले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भनेपछि सरकार धरमराउँदो स्थितिमा पुगेको थप पुष्टि हुन्छ ।

ओली सरकार विचौलिया र स्वार्थ समूहले बनाएको भन्ने सरकारको सहयात्री दल कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका अभिव्यक्तिले पनि थप पुष्टि भएको भएको छ । सरकारलाई दिएको समर्थन कांग्रेसले बिहान झिक्ला कि साँझ झिक्ला भनेर प्रधानमन्त्री ओली खुट्टा कमाएर बसिरहेका छन् । सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गर्न सकेको छैन । सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको हो भन्ने पुष्टि हुँदैछ । सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका गगन थापाले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भनेपछि सरकार धरमराउँदो स्थितिमा पुगेको थप पुष्टि हुन्छ ।

नेकपा (माआवादी केन्द्र) का नेता वर्षमान पुनले वर्तमान सरकारको यस्तो सवैयाले गर्दा माओवादी सरकारमा जानुपर्ने अवस्था आउन सक्ने बताइसकेका छन् । माओवादीले ०८४ सम्म सरकारमा नजाने अडान रहे पनि व्यवस्थामाथि नै प्रश्न उठेकाले त्यसलाई जोगाउन सरकारमा जानुपर्ने अवस्था आउन सक्ने उनको अभिव्यक्ति जायज छ । यीनै तथ्यहरुको आधारमा ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको र ढल्न मात्रै बाँकी रहेको दाबी गर्न सकिन्छ । विचौलियाहरुसँगको स्वार्थ नमिल्दा राष्ट्र बैंकले अहिलेसम्म एकथान गभर्नरसमेत पाउन सकेको छैन ।

अतः सरकार परिवर्तनको भद्दा खेल, कुर्सीको तानातान, भ्रष्टाचार र बेरोजगारीको समस्याले जनतामा वितृष्णा जागेको छ । राजावादीहरु हौसिएका छन् । राजनैतिक दल र नेताहरुले गम्भीर समीक्षा गरेर आफूलाई सुधार्ने हो भने राजावादी नामको आन्दोलन स्वतः निष्क्रिय हुने निष्चित छ । वर्तमान अपारदर्शी र असंवैधानिक सरकारले यतातर्फ सोच्ने समय घर्किन लागेको छ । यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने थियो । कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको सरकार बनेदेखि नै जनतामा कुनै आशा र अपेक्षा छैन ।


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट