Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता


महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने बताइएको छ । विकास बैंकहरुमध्ये महालक्ष्मी एनसीएचएलसँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो हो । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा प्रदान गर्न सक्षम भएको हो ।

सम्झौता पश्चात् अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्रयाण्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुने बताइएको छ ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैंकको यूपीआई ह्रयान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ ।

यो अन्तर्देशीय भुक्तानी सुरु भए पश्चात् विद्यार्थी, तीर्थयात्री, पर्यटक तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ । सो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट