भंगहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
भंगहा–जनकपुर–जयनगर रेल्वे सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
भारतमा जारी लोकसभा निर्वाचनका लागि रेल सेवा तीनदिन बन्द गरिएको थियो। महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा पुनः प्रारम्भ भएको हो।
नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेको थियो।
सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएको थियो।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया