Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

सहकारी पीडितले आन्दोलन घोषणा गर्दै भने– तपाईंहरु मिसन ८४ मा आउँदा लखेट्नेछौँ


सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी पीडितहरुलाई एकजुट बनाउँदै शुक्रबारदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

महासंघका अध्यक्ष कुशलव केसीले ११ गते ११ बजेदेखि माइतीघरमा रिले अनसन थालेर आफूहरुको माग पूरा नभएसम्म र सबै सहकारी पीडितले बचत नपाएसम्म नरोकिने बताए ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

“हिजोसम्म हात जोड्यौँ भएन,” उनले भने, “मन्त्रीहरुसँग हारगुहार गर्दै पुग्यौँ, कसैले सुनेनन् । अब ८४ मा तपाईंहरुलाई हाम्रै लेबलमा झार्छौँ । हामी घरघरबाट लखेट्छौँ ।”

सहकारी पीडितले न्याय पाएनन् भने यही एजेन्डा लिएर उमेदवारको विरोधमा उत्रिने बताए ।

“हाम्रो माग पूरा भएन भने ०८४ मा देखाउनेछौँ,” उनले भने, “सहकारीको पीडा सहन नसकेर कहिले पार्क र कहिले चिया पसलमा बैठक बस्यौँ । सहकारीमा ब्याजको लोभमा किन राखेको पैसा ? भनेर सरकारले भन्न मिल्छ ? सरकारलाई सोधेर राखेको हो ? भनेर थर्काउन मिल्छ ? हामीलाई थर्काउने सरकारले सहकारीको किन लाइसेन्स दियो ?  गाउँगाउँमा सहकारी, घरघरमा भकारी किन भन्यो ?”

चोरेको र लुटेको धन नभएको भन्दै पसिनाको बचत रकम भएकाले आफ्नो अधिकार लागि लडाइँ लडेको बताए ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट