Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

नेपालको १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार, करिब ८० प्रतिशतसँग घाटा


चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालले १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ ।  वैदेशिक व्यापार भएका देशमध्ये १३३ सँग नेपालको व्यापार घाटामा रहेको छ । मात्र ३५ देशसँग नेपालको व्यापार नाफामा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकले वैदेशिक व्यापार भएका देशमध्ये ७९ दशमलव १६ प्रतिशतसँग व्यापार घाटामा रहेको देखाएको छ । बाँकी २० दशमलव ८४ प्रतिशत देशसँगको व्यापार मात्र नाफामा रहेको छ ।

नेपालको व्यापार घाटा रहेका देशमा भारत, चीन, युनाइटेड अरब इमिरेट्स, युक्रेन, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, अर्जेन्टिना, इन्डोनेसिया, थाइल्याण्ड, क्यानडा, साउदी अरेबिया, दक्षिण कोरिया, ओमान, सिंगापुर, भियतनाम, जापान, बेलायत, कतार, ब्रुनाई, ब्राजिल, बेल्जियम, बंगलादेश र टर्की रहेका छन् ।

अमेरिका, मोरक्को, जर्मनी, दक्षिण अफ्रिका, रुस, नेदरल्याण्ड्स, तुर्किमेनिस्तान, म्यानमार, न्युजिल्याण्ड, पोल्याण्ड, ग्वाटेमाला, इजरायल, नाइजेरिया, इटाली, स्वीट्जरल्याण्ड, इराक, स्वीडेन, तान्जानिया, भुटान, फिलिपिन्स, स्पेन, आयरल्याण्ड, पाकिस्तान, मेक्सिको, पराग्वे, माल्डोभा, टोगो, बुल्गेरिया, अष्ट्रिया, इथियोपिया, मोजाम्बिक र श्रीलंकासँग पनि नेपालको व्यापार घाटा रहेको छ ।

यस्तै, चेक रिपबब्लिक, मंगोलिया, बेनिन, कुवेत, केन्या, बहराइन, इजिप्ट, चिली, स्वाजिल्याण्ड, माडागास्कर, रोमानिया, कोस्टारिका, गाबोन, युगाण्डा, ग्रिस, हंगेरी, पोर्चुगल, घाना, जोर्डन, स्लोभेनिया, भेनेजुयला, बेलारुस, लिथुवानिया, पेरु, लक्जेम्बर्ग, सर्विया, बेलिज, कम्बोडिया, फिनल्याण्ड, इरान, स्लोभाकिया, उज्वेकिस्तान, साइप्रस, कंगो, निकारागुवा, मोनाको, इस्टोनिया, अल्जेरियालगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको छ ।

नेपालको व्यापार नाफा रहेका देशमा डेनमार्क, अफगानिस्तान, नर्वे, सुडान, मौरिटानिया, लातिभिया, न्यु क्यालेडोनिया, माल्दिभ्स, आइसल्याण्ड, मौरिसस्, फिजी, क्रोएसिया, माल्टा, जर्जिया, चाड, डोमिनिका, लाइबेरिया, ताजिकिस्तान, अरुबा, कोलम्बिया, बहामस, उरूग्वे, बर्मुडा, पपुवा न्युगिनी, किर्गिस्तान, मोन्टेनिग्रो, पानामा, सेनेगल, नामिबिया, लेबनान, सिरिया लियोन लगायत छन् ।

भन्सार विकागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख ८७ हजार रुपैयाँको रहेको छ । उक्त समयमा नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

बितेको १० महिनामा नेपालले १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । सोही अवधिमा नेपालले एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागको तथ्यांकले देखाउँछ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट