भारतीय उद्योगपति अनिल अम्बानीलाई पाँच वर्ष शेयर कारोबारमा प्रतिवन्ध
भारतीय उद्योगपति अनिल अम्बानीले शेयर बजारमा पाँच वर्षसम्म कुनै कारोबार गर्न नपाउने भएका छन्। धितोपत्र बजारको नियामक निकाय सेबीले उद्योगपति अनिल अम्बानी, रिलायन्स होम फाइनान्सका पूर्व प्रमुख अधिकारी र अन्य २४ संस्थालाई शेयर बजारबाट पाँच वर्षको लागि प्रतिबन्ध लगाएको हो ।
कम्पनीको रकम दुरूपयोग गरेको भन्दै सेबीले अनिल अम्बानीलाई २५ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ । यसका साथै, पाँच वर्षसम्म उनलाई कुनै पनि सूचीबद्ध कम्पनी वा बजार नियामकमा दर्ता भएका कुनै मध्यस्तकर्ताको रूपमा शेयर बजारमा निर्देशक वा प्रमुख प्रबन्धकीय कर्मचारी (केएमपी)को रूपमा संलग्न हुनबाट रोक लगाएको छ।
यसका साथै, नियामकले रिलायन्स होम फाइनान्सलाई शेयर बजारमा ६ महिनाको लागि प्रतिबन्ध लगाएको छ । कम्पनीलाई समेत ६ लाख भारतीय रूपैयाँ जरिवाना गराइएको छ ।
आफ्नो २२२ पृष्ठको अन्तिम आदेशमा, सेबीले अनिल अम्बानी, आरएचएफएलका प्रमुख व्यवस्थापकीय कर्मचारीहरूको सहयोगमा, आरएचएफएलको कोषबाट ऋणको रूपमा आफूसँग सम्बन्धित संस्थाहरूलाई खर्च गर्न ठगीको योजना बनाएको थियो।
यद्धपी, आरएचएफएलको सञ्चालक समितिले यस्तो कर्जा दिने प्रचलन रोक्न कडा निर्देशन दिएको थियो । आरएचएफएलले कर्पोरेट कर्जाको नियमित समीक्षा गरे पनि कम्पनीको व्यवस्थापनले यी आदेशलाई बेवास्ता गरेको छ ।
सेबीका अनुसार, यो केसले अनिल अम्बानीको प्रभावमा रहेका केही प्रमुख व्यवस्थापकीय कर्मचारीहरूले शासनको महत्त्वपूर्ण असफलतालाई प्रतिबिम्बित गर्दछ। यी परिस्थितिलाई ध्यानमा राख्दै सेबीले ठगीमा संलग्न व्यक्ति सरह नै आरएचएफएल कम्पनीलाई पनि उत्तिकै जिम्मेवार मान्न नहुने बताएको छ ।
अम्बानीले ‘एडीए समूहका अध्यक्ष’का रूपमा आफ्नो पद र आरएचएफएलको होल्डिङ कम्पनीमा आफ्नो महत्त्वपूर्ण अप्रत्यक्ष शेयर होल्डिङलाई ठगी गर्न प्रयोग गरेका छन्।
सेबीले बिहीबार जारी गरेको निर्देशनमा कम सम्पत्ति, नगद प्रवाह, नेटवर्थ वा राजस्व नभएका कम्पनीहरूलाई करोडौं रुपैयाँको ऋण स्वीकृत गर्दा कम्पनीको व्यवस्थापन र प्रवर्द्धकको लापरवाही व्यवहार भएको उल्लेख गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
ट्याग : #breaking
प्रतिक्रिया