आजबाट शुरू भयो ‘नाडा अटो शो’
काठमाडौं । आजबाट नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ । प्रदर्शनीको उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे ।
आजदेखि शुरू भएको नाडा अटो शो ६ दिनसम्म चल्नेछ । टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सह–प्रायोजक रहेको अटो शोमा ९५ वटा कम्पनीका लागि साना ठूला गरी एक सय ३० वटा स्टल रहेका आयोजकले जनाएको छ ।
मेलामा २४ वटा ब्रान्डका चार पाङ्ग्रे, १० वटा ब्रान्डका दुई पाङ्ग्रे र १२ वटा ब्रान्डका हल्का गाडी रहेका नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया