Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

एनआईएमबीले नेपालमै पहिलोपटक ल्यायो भिसा वेयरेबल स्टिकर, डिभाइसमा ट्याप गरेरै भुक्तानी गर्न सकिने


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले नेपालमै पहिलोपटक भिसा वेयरेबल स्टिकर अनावरण गरेको छ । बैंकले अलोफ्ट होटलमा भएको कार्यक्रममा नेपालकै पहिलो भिसा वेयरेबल स्टिकर ‘एनआइएमबी पेवेयर’ भित्र्याएको हो ।

यो नयाँ पेमेन्ट सोलुसनमार्फत ग्राहकहरुलाई कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरणमा ट्याप गरेको आधारमा कन्ट्याक्टलेस कारोबार गर्न सक्नेछन् । यो नयाँ भुक्तानी प्रणाली नेपाली डिजिटल भुक्तानी प्रणालीका लागि नयाँ युग भएको बैंकले जनाएको छ ।

आज भएको लञ्च इभेन्टमा बैंकको व्यवस्थापन टीम र पत्रकारहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा एनआईएमबी पेवेयरले ग्राहकहरुलाई कार्ड र मोबाइल वालेट नबोकी कसरी छिटो, भरपर्दो र सुरक्षित कारोबार गर्न सकिन्छ भनेर प्रस्तुतीकरण गरिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले एनआईएमबी पेवेयर नेपाली बजारका लागि गेम चेन्जर भएको बताए । उनले यो प्रविधि नेपाल भित्र्याउने पहिलो बैंक बनेकोमा उत्साहित भएको समेत धारणा राखे ।

एनआइएमबी पेवेयरले प्रयोगकर्ताहरूलाई वेयरेवल स्टिकरलाई पहिरन मिल्ने जस्तै घडी,कि–चेन, वा फोनकेस जस्ता कुनै पनि व्यक्तिगत वस्तुमा जोड्न अनुमति दिन्छ । ग्राहकहरुले यसमार्फत कुनैपनि पीओएस टर्मिनलबाट कन्ट्याक्टलेस भुक्तानी गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार ५ हजार माथिको कन्ट्याक्टसलेस भुक्तानीका लागि पिन नम्बर आवश्यक पर्छ ।

एनआईएमबी पेवेयरको लञ्चका अवसरमा बैंकले आकर्षक अफर ल्याएको छ । बैंकले यो प्रविधिका लागि आवेदन दिने ग्राहकहरू

पहिलो तीन महिना भित्र १२ टर्मीनल पीओएस कारोबारका लागि १ हजार रुपैयाँबराबरको वेयरेवल रकम रिफन्ड हुने जनाएको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट