तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ
काठमाडौं, ६ मंसिर । सुनको मूल्य फेरि बढेको छ ।
बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । १५ कात्तिकमा एक लाख ७१ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मूल्य पछिल्लो समय घट्ने र बढ्ने भइरहेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया